प्रकाशित मिति : शुक्रबार, असार १, २०८०
बिनिता शर्मा,काठमाडौँ ।प्रहरी नायव महानिरीक्षक[DIGP]राजेशनाथ बास्तोलाले प्रहरी चौकी मुक्ली सोलुखुम्बुको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ।
सोलुखुम्बु जिल्लामा निरीक्षण भ्रमनको क्रममा बास्तोलाले उदघाटन गर्नु भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख [DIGP] बास्तोलाले प्रहरी चौकी मुक्ली सोलुखुम्बुको नवनिर्मित भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ, सो अवसरमा DIGP बास्तोलाले नयाँ भवन निर्माणका लागि प्रहरीलाई आफ्नो अमूल्य जग्गा प्रदान गर्ने जग्गादाता तथा भवन निर्माणमा सहयोग गर्ने महानुभावहरुलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै DIGP बास्तोलाले गास बास र कपासको उचित ब्यवस्थापनले प्रहरी कर्मचारीमा थप मनोवल बृद्धि हुने उल्लेख गर्नुभयो । आम नागरिकमा प्रदान हुने प्रहरी सेवा स्तरीय हुने धारणा ब्यक्त गर्दै उहाँले कानूनकोnपरिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
कोशी प्रदेश सरकारबाट बिनियोजित १ करोड ६६ लाख ३८ हजार ५६० रुपैयाँको लागतमा उक्त प्रहरी चौकीको निर्माण कार्य सम्पन्न भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij