शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मन्त्री सिंहको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

  • प्रकाशित मिति : मङ्लबार, असार ५, २०८०



  • काठमाडौँ । नेपाली कांग्रेस बझाङका पूर्व सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह आफ्नो गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएकोमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुःख व्यक्त गरेको छ । दुर्घटनामा सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको हो ।

    नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेस बझाङका पूर्व जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु । साथै, दुर्घटनामा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

    लामो समयसम्म कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर सिंहले काम गरेको स्मरण गर्दै कांग्रेसले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सिंहले सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ । उनको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको पार्टीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij