शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सीबीआईले शाहरुख र आर्यनको बयान लिँदै

  • प्रकाशित मिति : बिहिबार, असार ७, २०८०



  • मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यनसँग जोडिएको लागुऔषध मुद्धाको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोका जोनल निर्देशक समीर वानखेडेको तनाव कम हुने संकेत अझै देखिएको छैन ।

    समीरमाथि पैसाको आडमा आर्यनलाई जबरजस्ती लागुऔषध मामलामा फँसाएको आरोप छ । उनीमाथि लागुऔषध मुद्धामा घुस र जबरजस्ती असुलीको आरोप पनि छ । अब भने सीबीआईले यो मुद्धालाई अगाडि बढाउनका लागि शाहरुख र आर्यनलाई बयान लिने तयारी गरिरहेको छ । सीबीआईले चाँडै नै आर्यनको बयान लिँदैछ ।

    आर्यन पछि उसले शाहरुखको बयान लिनेछ । वानखेडेको इशारामा आरोपी किरण गोसावी र सेनविल डिजुसाले शाहरुखसँग २५ करोड मागेको आरोप छ । जबरजस्ती असुलीको यो योजनाको तहसम्म पुग्नका लागि बयान दर्ता गराउनुपर्ने आवश्यकता देखिएको छ ।

    सीबीआईले आर्यनलाई कोर्डेलिया क्रुज मादक पदार्थ मामलामा नफसाउनका लागि शाहरुखसँग २५ करोड घुस मागेको आरोपमा वानखेडे र अन्य चारविरुद्ध ११ मेमा मुद्धा दर्ता गराएको थियो ।

    भ्रष्टाचारको आरोपमा घेरिएका समीरमाथि शाहरुखकी मेनेजर पूजा ददलानीले आफूहरुसँग घुस मागेको बयान दिएपछि समीर संकटमा परेका हुन् । आर्यनलाई कोर्डेलिया क्रूज ड्रग्स मामलाबाट बचाउनका लागि १८ करोडमा डील फाइनल भएको थियो ।

    जसमा ५० लाख रुपैंयाँ टोकन मनीका रुपमा दिइएको थियो । यो डिलको कुरा साक्षी प्रभाकर सेलले पनि आफ्नो अन्तिम बयानमा भनेका थिए । प्रभाकरले सन् २०२१ मा आर्यनलाई छुटाउनका लागि एनसीबीका एक अधिकारी र गवाह गोसावीसमेतका मानिसले २५ करोड रुपैंयाँ घुस मागेको दाबी गरेका थिए । प्रभाकरको हाल निधन भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij