शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौंका मेयर शाह दुविधामा हुनु दु:खद – किरण

  • प्रकाशित मिति : बिहिबार, असार ७, २०८०



  • काठमाडौं। राप्रपाका युवा नेता रवि किरण हमालले बालेन शाहका गतिविधि प्रति चासो व्यक्त गरेका छन् ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अहिले चर्चामा छन् ।
    शाहले आदिपुरुष लगायत हिन्दी सिनेमा काठमाडौंमा चल्न नदिने निर्णय गरेको भन्दै सामाजिक संजालमा वाही वाही पाइरहेका छन् ।

    मेयर शाहले गरेको निर्णय अदालतले उल्ट्याइदिएको छ । शाहले अदालतको निर्णय नमान्ने भन्दै सामाजिक संजालमा आक्रोश पोखेका छन् ।

    उनले लेखेका छन् “ जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनीहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन । ´´

    राप्रपाका युवा नेता रवि किरण हमालले त्यसमाथि टिप्पणी गर्दै लेखेका छन् “ बालेन शाह स्थानीय तह प्रमुख हुन् , उनमा केही गर्ने हुटहुटी छ – म यसलाई सम्मान गर्छु । तर उनका गतिविधि विवादास्पद छन् , कमजोर छन् । नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै अदालत गएका बालेन शाह र त्यही उच्च अदालत बाट भएको अर्को निर्णय मान्दैन भन्छन् । यो दुविधा काठमाडौंको मेयरमा हुनु दु:खद ।´´

    मेयर बालेन शाह नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै अदालत गएका थिए ।

    त्यहीँ अदालतलाई मानेर प्रक्रियामा जाने तर उसले आफ्ना विरुद्ध गरेका निर्णय नमान्ने कुरा कमजोर र विवादास्पद हुने किरणको दाबी छ ।

    किरणले भनेका छन् ` म लहडमा लाग्ने मान्छे होईन, अदालत अदालत जस्तो छैन । मेयर भनेपछि काठमाडौंमा उप-मेयरको नेतृत्वमा न्यायिक समिति छ , भोलि त्यसलाई पनि नमान्न सक्छन् । कि प्रक्रियामा जानू भएन , न्यायालयको पुनर्संरचना गर्ने मुद्दा उठान गर्नुपर्यो होईन भने यस्तो दुविधा राम्रो हुदैन ।´´

    बालेनले केहि हप्ता पहिले नेपालको संविधानमा भएको नक्सालाई हटाएर ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेर चर्चा बटुलेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij