प्रकाशित मिति : आइतवार, असार १०, २०८०
दाङको दंगीशरण गाउँपालिमा चट्याङले दुई जनाको मृत्यु भएको छ।
आज साँझ दंगीशरण गाउँपालिकामा चट्याङ लागेर वडा नं. ३ का ३७ बर्षीय रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार आज दिउँसो खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको बेला चट्याङले हानेर गम्भीर घाइते थिए।
चौधरीको आज साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij