प्रकाशित मिति : आइतवार, असार १०, २०८०
म्याग्दी ।म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्। अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् ।
अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले हिजो १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए ।बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएका हुन्, चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।
गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौंको पशुधनको क्षति भएको बताए । ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij