आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा, १० वर्षमा प्रधानमन्त्री दाहालले परिवारका ३ सदस्य गुमाए

  • प्रकाशित मिति : बुधबार, असार २७, २०८०



  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कोटेश्वर स्थित पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

    प्रधानमन्त्री दाहालले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । सीताको आज बुधवार बिहान ८ बजेर ३३ मिनेटमा नर्मिक अस्पतालमा निधन भएको हो । सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने माओवादी केन्द्रले जनाएको छ ।

    ६ वर्षअघि अर्थात् २०७४ मंसिर ३ गते प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको निधन भएको थियो भने त्यसअघि प्रचण्डले २०७० चैत १३ गते जेठी छोरी ज्ञानु दाहाललाई गुमाउनु परेको थियो । २०८० असार २७ गते प्रधानमन्त्री प्रचण्डले आफ्नी जीवन संगिनी सीतालाई गुमाउनु परेको छ ।

    अब प्रचण्डसँग छोरी रेणु र गंगा दाहाल रहेका छन् । १० वर्षको अन्तरालमा प्रचण्डले परिवारमा ३ जना सदस्य गुमाउनु परेको छ । प्रधानमन्त्री प्रचण्डको रनजनीतिक सफलतामा सीता दाहालको भूमिका महत्वपूर्ण रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij