मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जलाधार ब्यबस्थापनको समन्वयकारी अनुगमन

  • प्रकाशित मिति : शनिबार, असार ३०, २०८०



  • सुशील बस्नेत, तुलसीपुर/ दाङमा जलाधार ब्यबस्थापनको क्षेत्रमा सम्पन्न आयोजनाको अनुगमन गरिएका छन् । सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला पक्षको संयुक्त प्रतिनिधिले भु तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरले दाङको देउखुरीका विभिन्न स्थानमा आर्थिक बर्ष २०७९/८० मा सम्पन्न जलाधार ब्यबस्थापन सम्बन्धी कार्यक्रम अन्तरगत सिमसार ब्यबस्थापन सम्बन्धी संरक्षण पोखरी निर्माण र खोला कटान तथा खोला नियन्त्रण संरक्षणको अनुगमन गरेको हो ।

    लमही ९ देउपुर, गढवा-५ बाकीको खानेपानी तथा गाउँ संरक्षण र गढवा गाउँपालिका -४ मगरौटा, गढवा -३ को सिमसार ब्यबस्थापनको अनुगमन गरिएको छ । लमही नगरपालिका वडा नम्वर ६ देउपुरको सिमसार तथा संरक्षण पोखरी निर्माणबाट ५ सय घरधुरी लाभान्वित हुने भएका छन् । कुल लागत १६ लाखमा पानी रिचार्ज हुने, आयआर्जन गर्न सकिने,पर्यापर्टनको विकास हुने र ५ सय घरधुरीलाई रोजगारी सृजना हुने लक्ष्य राखिएको छ ।

    गढवा गाँउपालिका वडा नम्वर ५,बाँकी देउखुरीमा नदी तथा खोला किनारा ब्यबस्थापन गरिएको छ । ३८ लाख ९३ हजार १ सय २७ रुपैयाको लागतमा सम्पन्न योजनाबाट ४ सय घरधुरी लाभान्वित हुने छन् । यसबाट ५ सय बिगाह जग्गा संरक्षण हुने, १ हजार ३ सय ४७ घरधुरीको रोजगारी श्रृजना हुने, खोला कटान नियन्त्रण हुने र डुवानबाट घर जग्गा संरक्षण हुने भू तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरका प्रमुख शेषदत्त चौधरीले जानकारी दिए ।

    लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल के.सी.,प्रदेश सभासदस्य अनुराग खडका, सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, समन्वय अधिकारी, प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि लगायतको समन्वयकारी अनुगमन र वर पिपल प्रजातिको बृक्षारोपण कार्यक्रम सम्पन्न भएका थिए ।

    चौधरीका अनुसार नदी तथा खोला किनारा संरक्षण आयोजना गढवा गाँउपालिका वडा नम्वर ४ मगरौटामा सम्पन्न भएको छ । १७ लाख ८८ हजार २ सय ५४ रुपैयाको लागतमा सम्पन्न उक्त आयोजनाबाट २ सय ९२ घरधुरी लाभान्वित हुने छन् । यो योजनाले सडक पाखो संरक्षण,१० बिगाह क्षेत्र संरक्षित, खेती योग्य जमिन कटान, डुवानबाट संरक्षण र २ हजार २१ घरधुरीले रोजगार प्राप्त गर्ने छन् । उक्त कार्यालयले आर्थिक बर्ष २०७९/८० तेस्रो चौमासिक तथा बार्षिक प्रगति प्रतिबेदनमा २८ वटा बिभिन्न योजना ६ करोड ८५ लाख ७६ हजार ७ सय ३६ रुपैया बराबरमा सम्पन्न गरेको जनाएको छ ।

    यसैबिच, भु तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरले लमहीमा आर्थिक बर्ष २०७९/८० मा सम्पन्न गरिएका योजनाका बिषयमा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको छ । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको अध्यक्षता एवम लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल के.सी.को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

    उक्त अवसरमा प्रदेश सभासदस्य अनुराग खड्का दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, सामुदायिक बन महासंघ दाङका अध्यक्ष हरि भुषाल, पत्रकार केपी घिमिरे लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण भु तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरका नायव सुब्बा निमकान्त आचार्यले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij