शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सामान्य प्रशासन मन्त्री र सचिवबीच टकराब

  • प्रकाशित मिति : सोमवार, साउन १, २०८०



  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच टकराब सिर्जना भएको छ । मन्त्री मोदीले केही दिनअघि मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायतका सचिवसँग मिटिङमा रहेका बेला मन्त्रालयका सचिव कृष्णहरि पुष्कर मन्त्रालयमा अनुपस्थित रहेको भन्दै सचिवको हाजिरमाथि रातो घेरा लगाइदिएपछि मन्त्री र सचिवबीच टकराब सिर्जना भएको हो ।

    मन्त्री मोदीले आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग मिटिङमा रहेको थाहा पाउँदापाउँदै मन्त्रालयमा आकस्मिक रूपमा सचिवलगायत सहसचिवको कोठाको छड्के जाँच गरेका थिए ।

    आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग रहेको थाहा हुँदाहुँदै मन्त्री मोदीले योजनाबद्ध किसिमले सचिवको कोठामा छड्केजाँच गरेपछि मन्त्रालयका अन्य सहसचिवलगायतका उच्च कर्मचारीहरू आश्चर्यमा परेका थिए ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार पछिल्ला केही दिनयता कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्री मोदी र र सचिव पुष्करबीच सामान्य खटपट हुँदै आएको थियो ।

    मन्त्रालय स्रोतका अनुसार मन्त्री मोदीले दिनहुँजसो कुनै न कुनै कर्मचारीको सरुवा गर्न निर्देशन दिने गरेको तर सचिव पुष्करले आर्थिक वर्षको अन्तिममा कर्मचारीको सरुवा गर्न नहुने अडान लिँदै आएपछि मन्त्री मोदी सचिव पुष्करसँग असन्तुष्ट रहँदै आएका थिए ।

    मन्त्रीले सरुवा गर्न दिएको निर्देशनलाई सचिवले अस्वीकार गरेपछि मन्त्री मोदीले त्यसको रिस सचिवमाथि फेरेको स्रोतको दाबी छ । मन्त्रालयका एक अधिकृतका अनुसार मन्त्री मोदीले केही दिनदेखि नियमअनुसार गर्नै नमिल्ने खालका सरुवा गर्न सचिव पुष्करलाई निर्देशन दिँदै आएका थिए ।

    ‘सचिवज्यूले मन्त्रीको गलत खालका सरुवा गर्नुपर्ने निर्देशन पालना नगरेकाले मन्त्रीले सचिवमाथि रिस पोख्नुभएको हुन सक्छ’ –मन्त्रालयका ती अधिकृतले भने । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij