प्रकाशित मिति : मङ्लबार, साउन २, २०८०
दाङ/ साउन १ गतेबाट दाङसहित बाके र रुपन्देही जिल्लामा ट्राफिक जरीवाना अब मोवाईल बैकिङ्ग मार्फत अनलाईन बाट भुक्तानी गर्ने नियम लागु हुने भएको छ । ट्राफिक नियम उल्लङघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक जरीवाना बाफत नगदी रसिद दिएर अनलाईन भुक्तानी हुने भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर ट्राफिक भ्वाईलेन्ट रेकर्ड सिस्टम (टिभिआरएस) सफ्टवेयर माध्यमबाट जरिवाना बैकिङ्ग प्रणाली मार्फत भुक्तानी लिने बारेमा जानकारी दिएको हो ।
साउन १ गते बाट सवारी नियम उल्लङघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक प्रहरी द्वारा जारी गरेको २४ घण्टे पुर्जी दिईने र ट्राफिक जरीवाना बुझाउदा उक्त २४ घण्टे पुर्जी साथमा लिई ट्राफिक प्रहरी कार्यालयमा गई ईसेवा, खल्ती, कनेक्ट आईपएिस, मोवाईल बैकिङ्ग र ट्राफिक प्रहरीको फाईन फेइमेन्टबाट भुक्तानी गर्ने सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दङका प्रमुख किरण प्रकाश मल्ले जानकारी दिनुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij