आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतमा नर्सलाई रोजगारी : केही दिनमा आवेदन खुल्ने

  • प्रकाशित मिति : बुधबार, साउन ३, २०८०



  • काठमाडौँ । वैदेशिक रोजगारीका लागि हेल्थ केयर एसिस्टेन्ट (स्वास्थ्य सेवा सहायक) लाई बेलायत लैजाने पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक तयारी गरेको हो । विभागले अबको केही दिनभित्रमा अनलाइन आवेदन खोल्नेछ ।

    विभागका महानिर्देशक मदन दहालले अबको केही दिनमा अनलाइन आवेदन आह्वान गरिने बताए ।

    ‘३/४ दिनमा आवेदन खुल्छ होला । त्यसका तयारी भइरहेको छ । सफ्टवेयरको लन्च २० तारिखमा गर्ने भनेर समय मिलाएका छौँ । सफ्टवेयरको परीक्षण सफल भयो भने ढिलोमा ४ दिनमा आवेदन आह्वान गर्छौ’ उनले भने ।

    पहिलो चरणमा बढीमा २०० जना नेपाली नर्सलाई बेलायत लैजाने गरी तयारी भइरहेको हो । पहिलो चरणमा पठाएका नर्सहरूको कार्यक्षमता राम्रो देखिएको खण्डमा दोस्रो चरणमा थप पठाउने तयारी सरकारको छ ।

    नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट पारित भएको थियो । प्रोटोकल पारित भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

    नेपाल सरकार र बेलायतबीच ६ भदौ २०७९ मा श्रम सम्झौता (एमओयू) भएको थियो । सम्झौता भएको लामो समय प्रोटोकलमा अड्किएको थियो ।

    त्यसका लागि प्रोटोकलले विभिन्न मापदण्डहरू तय गरेको छ । उक्त मापदण्ड पुरा गरेका नेपाली नर्सहरू बेलायत जान पाउनेछन् ।

    २० वर्ष पुरा गरेर ४५ वर्ष ननाघेका स्टाफ नर्स, बिएससी नर्सिङ, एमएससी नर्सिङ गरेका व्यक्ति जान पाउनेछन् । त्यस्तै २ वर्ष कार्य अनुभव गरेको, नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स लिएको व्यक्ति हुनुपर्नेछ । कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु पर्नेछ ।

    इन्टरनेशन इङ्लिस ल्याङ्गवेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा ७ अङ्क तथा अक्यूपेशनल इङ्लिस टेस्ट (ओईटी) मा ‘बी’ स्कोर ल्याउनुपर्नेछ । आईईएलटीएसको रिटनमा ६.५ अङ्क अनिवार्य ल्याउनु पर्नेछ । ओईटीमा रिडिङ, राइटिङ र लिस्निङ हुनेछन्, जसमा राइटिङमा ‘सी प्लस’ ल्याउनुपर्नेछ ।

    यसका लागि महिला मात्र नभएर आवश्यक योग्यता पुगेका जो सुकैले पनि आवेदन दिन पाउनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij