शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सचिव व्यवस्थापनमा सकस

  • प्रकाशित मिति : बिहिबार, साउन ४, २०८०



  • काठमाडौं । विभिन्न सचिवहरूले आकर्षक निकायमा जान दौडधुप गरेपछि सरकारलाई सचिव व्यवस्थापनमा सकस परेको छ । हाल विभिन्न चार निकाय सचिवविहीन अवस्थामा छन् । तर, सरकारले ती निकायमा लामो समयदेखि सचिव पठाउन सकेको छैन ।

    बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिव व्यवस्थापन गर्ने बताइए पनि कसलाई कहाँ लैजाने भन्नेमा सकस हुँदा सचिव व्यवस्थापन हुन सकेन । केही दिनअघि मात्रै बढुवा भएका दुईजना सचिवलाई जिम्मेवारी नदिँदा उनीहरू ‘बरण्डा’मा रहन बाध्य भएका छन् । सचिव व्यवस्थापन हुन नसक्दा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ९ जना सचिवहरू राखिएका छन् । तीमध्ये ४ जनालाई अतिरिक्त समूहमा राखिएको छ । अतिरिक्त समुहमा राखिएका घनश्याम उपाध्याय र लक्ष्मी बस्नेत केही दिनअघि मात्रै सचिवमा बढुवा हुनुभएको थियो । उहाँहरू सचिवमा बढुवा भए पनि जिम्मेवारी दिइएको छैन ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिव पद लामो समयदेखि रिक्त छ । यसै गरी मधेस प्रदेश, लुम्बिनी प्रदेश र राष्ट्रिय तथ्याङ्क कार्यालय पनि सचिवविहीन अवस्थामा रहेको छ । मधेस प्रदेशमा किशोर कुमार चौधरीलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ, जबकि, केन्द्रमा सचिवहरू अतिरिक्त समूहमा राखिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij