शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पूर्णदेवीको वृद्ध शरिर जीर्ण घरमा

  • प्रकाशित मिति : मङ्लबार, साउन ९, २०८०



  • नरेन्द्र मानन्धर,काठमाडौं । करोडौंको सम्पत्ति भएपनि घरमा हुने पारिवारिक झैझडा र कलहले मानिसलाई कतिसम्म दयनीय र जर्जर अवस्थामा पुर्‍याउँछ भन्ने देशकै व्यापारिक केन्द्र न्युरोड बसोबास गर्ने आठ दशक उमेर काटेकी एक ज्येष्ठ नागरिकको जीवनकामा आएकोका कायाकल्पले देखाउँछ ।

    भाग्यले दिने, कर्मले ठेल्ने सत्य यतिबेला ८२ वर्षीया अविवाहित पूर्णदेवी मानन्धरको जीवनमा मेल खाएको छ । कुनैबेला रुप थियो, धन थियो, घरपरिवार, इष्टमित्र सबै थिए । अभाव थिएन, त्यो भन्दा पर भविष्यमा संकटले घेर्ला भन्ने पनि लागेन । अभाव नभएपछि तनावको प्रवेश हुने नै भएन । समयले घचेटेर अहिले पूर्णदेवीका लागि आँशु साथी भएको छ । विगतको सम्पत्ति र ऐस सिनेमा रील भन्दा फरक रहेन । आफ्ना आफन्त एकादेशका कथा बनेका छन् ।

    न्युरोड टेवहालको एउटा जीर्ण घरमा घरजस्तै शारीरिक र मानसिकरुपमा कमजोर पूर्णदेवीले दिन कटनी गरिरहेकी छन् । अरुलाई दान दिने फराकिलो मन र धन दुवै भएको पारिवारिक विरासत बोकेकी उनी अहिले अरुको दान दातव्यमा चलेकी छन् । समयको चक्र यस्तो प्रतिकूल अवस्थामा आउनु पछाडि वियोगान्तका थुप्रै श्रृंखला छन् । जन्म दिने बाबु सानैमा बिते । आमाको स्नेह गुमेको ४ दशक भयो । त्यसपछि दाइ, भाइले पनि बाआमाले समातेको बाटो पक्रिए । कालान्तरमा पूर्णदेवीले न राम्रो स्वास्थ्य पाइन, न पालनपोषण नै ।

    मानसिक अवस्था खस्कँदै गएपछि दैनिक जीवनबाट विरक्तिदै गएकी छन् । न राम्रो लाउने रहर, न मीठो खाने जाँगर, न नातागोतासँग रमाउने तिर्खा नै । शारीरिक अवस्था जीर्ण छ । सुत्ने ओछ्यान र कोठा मुसाको खोर बनेको छ । माकुराको जालोले साम्राज्य खडा गरेको छ । ननुहाएको कति भयो ? हेक्का छैन । विस्मृतिले ग्रस्त बनाएपछि आफ्नो शरीरमा ध्याउन पुर्‍याउने होस पनि छैन । आखिर यो अवस्था कसरी आयो त ? पारिवारिक मेल र बेमेल बीचको सानो धर्सोको फरकले मान्छेको जीवनमा यतिका विधि परिवर्तन ल्याउने रहेछ ।

    कसैले दिएको भात समेत नखाने यिनी कहिलेकाहीं सकी न नसकी चिया पकाए खान्छिन । आक्कलझुक्कल घरबाहिर त निस्किन्छिन तर घुलमेल हुने रुचि पटक्कै छैन । काठमाडौं वडा नं २२ नम्बर वडा कार्यालयले उनको यस्तो अवस्था देखेर आफन्त र हकदारलाई सार्वजनिक सूचना समेत निकालेको थियो । तर अहँ कोही अघि सरेर आएन । बरु संकटा क्लबकी उपाध्यक्ष नलिनीदेवी सिंह पूर्णदेवीका लागि अहिले सहारा बनेकी छन् ।

    स्थानीय टोलवासी, क्लब र वडाले उनको हेरचाह, स्वास्थ्य उपचारमा सक्रियता देखाउँदै आएका छन् । वडा सदस्य चन्द्रमान तुलाधरले उनका नातेदार भए स्वामित्व लिन पुन अपिल गर्नुभएको छ ।

    पारिवारिक बेमेलका कारण यस्तो अवस्थामा आउन बाध्य पूर्णदेवी एउटी उदाहरण भएपनि धेरै परिवारको जीवन कथा हो यो । परिवारिक तागत नहुँदा जीवनको आयतन कसरी खुम्चिन्छ भन्ने शिक्षा सबैले ग्रहण गर्नु आवश्यक छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij