आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक लाख घुससहित बुढानीलकण्ठबाट प्रहरी वरिष्ठ हवल्दार पक्राउ

  • प्रकाशित मिति : बिहिबार, साउन ११, २०८०



  • काठमाडौंको प्रहरी प्रभाग, बुढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार घुससहित पक्राउ परेका छन्।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई एक लाख रूपैयाँ घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

    सिंहले सेवाग्राहीसँग एक लाख नगद लिइसकेको अवस्थामा बुधबार साँझ बुढानीलकण्ठ नगरपालिका-२ वासिकबाट पक्राउ गरिएको हो।

    कुखुरे खोला ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्किने बालुवा व्यवस्थापन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको आरोप सिंहमाथि छ।

    उनले घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएको थियो। सूचना पाएपछि टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

    अख्तियारले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij