मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

काठमाडौंका पूर्वमेयर पिएल सिंह बिरामी, अस्पताल भर्ना,पेटको शल्यक्रिया सफल

  • प्रकाशित मिति : सोमवार, साउन १५, २०८०



  • काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंह अस्वस्थ भएका छन्।

    स्वास्थ्यमा समस्या देखिएपछि सिंहलाई आइतबार अस्पताल लगिएको थियो।

    ललितपुरस्थित मेडिसिटी अस्पतालमा सिंहको उपचार भइरहेको छ।

    सिंह केही समयदेखि अल्सरको समस्याबाट पीडित थिए।

    उनलाई पहिले पिसाबसम्बन्धी संक्रमण पनि भएको थियो।

    ‘उहाँको शरिरमा हेमोग्लोबिनको मात्रा कम रहेको स्वास्थ्य परीक्षण रिपोर्टले देखायो,’ पिएलका भाइ ईन्द्रलाल सिंहले भने, ‘रक्तस्राव पनि भएको देखियो, त्यसपछि पेटको शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि रक्तस्राव रोकिएको छ।’

    पिएललाई आइसियुमा राखेर उपचार गरिएको थियो। सिंह ८४ वर्षका भए।

    पिएल २०४९ सालमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij