आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइटीएफ तेक्वान्दो टोली भारतर्फ

  • प्रकाशित मिति : मङ्लबार, साउन १६, २०८०



  • काठमाडौं । सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली आज भारतको हैदराबाद प्रस्थान गरेको छ ।

    खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहेका छन् ।

    प्रशिक्षकमा ईश्वर थापामगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलाखे, तुलसी थापामगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्ने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासङ्घका सदस्य गोपाल श्रेष्ठले आजै यहाँ आयोजित एक कार्यक्रमबीच बिदाई गरे । प्रतियोगिता आगामी अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij