आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रेस चौतारीका अध्यक्षले गृहमन्त्रीसँग माफी मागेकोमा ओलीको आपत्ति

  • प्रकाशित मिति : मङ्लबार, साउन १६, २०८०



  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई आत्मालोचना गर्न निर्देशन दिएका छन् ।

    बार्षिक कार्ययोजना बनाउन एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठक सोमबार बसेको थियो।

    बैठकमा अध्यक्ष ओलीका साथै महासचिव शंकर पोखरेल पनि सहभागी थिए । बैठकमा अध्यक्ष ओलीले प्रेस चौतारीका अध्यक्ष बस्नेतको विषयमा प्रश्न उठाए ।

    बस्नेतले केही दिनअघि एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम जोडेर सामाजिक सञ्जालमा स्टाटस लेखे । त्यसविरुद्ध गृहमन्त्रीको निजी सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएपछि बस्नेतले गृहमन्त्रीलाई भेटेर आफ्नो सूचनाको स्रोत गलत भएको भन्दै माफी मागेका थिए ।

    एक केन्द्रिय सदस्यका अनुसार बस्नेतले गृहमन्त्रीसँग माफी मागेको भन्दै असन्तुष्टि जनाएका हुन् । यत्रो सुन तस्करी सरकारको संरक्षण विना सम्भव नभएको भन्दै उनले किन हतार हतार माफी मागेको भन्दै प्रश्न गरेका थिए ।

    गृहमन्त्रीसँग माफी मागेको भन्दै बस्नेतले लेखेको स्टाटस गैर जिम्मेवार भएको भन्दै उनले कमजोरी भयो भनेर आत्मालोचना गर्न निर्देशन दिएका थिए । लगत्तै प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ३ दिनभित्र आत्मालोचनासहित स्पष्टीकरण दिन भनेको वैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij