आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

झापा कारागारभित्र कैदीबन्दीबीच झडप

  • प्रकाशित मिति : शुक्रबार, साउन १९, २०८०



  • झापा । कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा झडप भएको छ ।

    कारागारमा रहेका कैदी मनोज लावतीसहित केही कैदी बन्दीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा शुक्रबार अपरान्हदेखि झडप सुरु भएको हो ।

    कैदीबन्दीबीच झडप हुँदा कारागार भित्र आगजानी समेत गरिएको छ । कारागार भित्र धुवाको मुस्लो देखिएपछि भद्रपुर नगरपालिकासहित मेचीनगर र बिर्तामोडको बरुणयन्त्र पानी हाल्न प्रयोग गरिएको छ ।

    कारागारभित्र झडप भएसँगै शसस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर परिचालन गरिएको छ । कारागार भित्रको क्षतिको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

    कैदीबन्दीबीच झडप भएसँगै प्रहरीले हवाई फयर समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij