आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्व बुढाथोकीको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली शभा कार्यक्रम सम्पन्न {फोटो फिचर}

  • प्रकाशित मिति : आइतवार, साउन २१, २०८०



  • बर्षात ओली,दाङ । नेपाल कम्युनिस्ट पार्टी एमाले घोराही उपमहानगरपालिकाको आयोजनामा स्व ऎश्वर्या कुमारी बुढाथोकीको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली शभा गरिएको छ।

    घोराही उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष एबं एमालेका युबा नेता बिबेक बुढाथोकीकि पुजनिय आमा स्व.ऎश्वर्या कुमारी बुढाथोकीको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली शभा गरिएको हो ।

    ने.क.पा. एमाले घोराही उप-महानगरका अध्यक्ष भुवन चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी एमालेका पोलिट ब्युरो सदस्य एबं घोराही उपमहानगरपालिका नगर प्रमुख (मेयर) नरुलाल चौधरी हुनुहुन्थ्यो,नगर प्रमुख चौधरीले आमाले जिन्दगीमा दिएको संस्कार छोराहरुलाई समाजका लागी खुला छोडेर राजनीति क्षेत्रमा खटिनु नै उहाँको बुद्धिमता थियो, उहाँले समाजलाई दिएको प्रेरणालाई कहिल्यै नभुल्ने नगर प्रमुख चौधरीले बताउँनुभयो।

    ने क पा एमाले नेता मनोहर बुढाथोकीले पनि श्रद्धाञ्जली सभामा आमाको समाज प्रतिको त्यागलाई सम्मान व्यक्त गर्नुभएको थियो।

    स्वर्गीय बुढाथोकीका कान्छा छोरा बिबेक बुढाथोकीले समाज प्रति कामको सबैले खुलेर प्रशंसा गरेका थिए।

    स्व ऎश्वर्या कुमारी बुढाथोकी ६९ बर्षको उमेरमा निधन भएको हो।

    स्व बुढाथोकीका ३ छोरा ३ छोरी हुनुहुन्छ । छोरा विवेक बुढाथोकीले आमालाई उपचार गर्दा गर्दै पनि आफुले बचाउन नसक्दा अत्यन्त पिडा भएको व्यक्त गर्दै भक्कानिनु भयो र उपस्थित सबैलाई दु:खद घडीमा उपस्थित भै आफ्नो परिवारजनलाई मलहम लगाईदिएकोमा सबैलाई धन्यवाद दिनुभयो।

    श्रद्धाञ्जली शभाको सहजीकरण सचीब ईन्द्र बि सी ले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij