आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो

  • प्रकाशित मिति : आइतवार, साउन २१, २०८०



  • काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४ सय ७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ ।

    आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो ।

    कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ ।

    जिम्मेवारी बाँडफाँट अनुसार अध्यक्ष दाहाललाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ ।

    उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ भने उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश हेर्ने जिम्मा दिइएको छ ।

    सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij