प्रकाशित मिति : आइतवार, साउन २१, २०८०
बिनिता शर्मा,काठमाडौँ । भक्तपुरमा जुवातास खेलिरहेका १३ जना पक्राउ परेका छन् ।
भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित रामेछाप सुनपाति गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालका प्रबक्ता {DIGP} कुबेर कडायतले जानकारी दिनुभयो।
।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij