आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रकम लुटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

  • प्रकाशित मिति : आइतवार, साउन २१, २०८०



  • रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर-३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ।

    आइतबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

    विष्टसँगै सोही मुद्दामा पक्राउ परेका सुशील गुरूङ भनिने प्रेम गुरूङ र बलिराज शाहीलाई पनि कारागार चलान गरिएको छ।

    उक्त मुद्दामा पक्राउ परेका अरु दुई जनालाई भने २/२ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी शाखा अधिकृत उज्वल रावलले जानकारी दिए।

    उनका अनुसार सन्तोष थापा र यामराज शाही धरौटीमा छुटेका हुन्।

    उपभोक्ता समितिबाट रकम लुटेको आरोपमा वीरेन्द्रनगर–३ का वडाध्यक्ष विष्ट र उनलाई सहयोग गरेको आरोपमा अरू चार जना पक्राउ परेका थिए।

    उनीहरूविरूद्ध असार २२ गते प्रहरीमा जाहेरी परेको थियो।

    स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

    असार २४ गते प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो।

    वडाध्यक्ष विष्टको नेतृत्वमा साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको थियो। वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ रकम लुटेर लिएको आरोप उनीमाथि छ।

    वडाध्यक्ष विष्ट केही महिना अघि मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हानेको भनेर चर्चामा आएका थिए।
    घटनापछि विष्टलाई नगर कार्यपालिकाले निलम्बन समेत गरिसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij