मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मानिसले खानाका लागि प्रत्येक तीन जीवमध्ये एकको प्रयोग गर्छन् : अध्ययन

  • प्रकाशित मिति : बुधबार, साउन २४, २०८०



  • वैज्ञानिकले ४६,७५५ प्रजातिमा मानव जनित प्रभावबारे जान्न खोज्दा हामी जनावरको हालसम्मको सबैभन्दा ठुलो शोषणकर्तामध्ये एक हौँ भन्ने पत्ता लागेको छ ।

    जङ्गली सिकारीको तुलनामा, जसको शरीरको आकार लगभग हाम्रोजस्तै छ र जसको भोक पनि समान छन्, हामी औसतमा लगभग सय गुणा बढी भर्टिब्रेट्स (मेरुदण्ड भएका) प्रजातिलाई समात्छौँ वा मारिदिन्छौँ ।

    उदाहरणका लागि ह्वेलले खाने १२१ प्रकारका भर्टिब्रेट्स जीवमध्ये मानिसले ८३ को उपभोग गर्छन् । यो त कुरा भयो समुद्रको ।

    जमिनमा पनि केही यस्तै छ स्थिति । अमेरिकामा सबैभन्दा खतरनाक बिरालोको प्रजातिमा पर्छन् जगुआर । चिता र चितुवा जस्तै । यसले ९ प्रकारका प्रजातिलाई खान्छन् । यस्तै, मानिसले यी सबै ९ प्रजातिलाई खान्छन् । साथै, २,६९८ अन्य प्रजातिको उपयोग गर्छन् जो ती क्षेत्रमा बस्छन् जहाँ जगुआर र मानिस एक अर्काको इलाकालाई साझा गर्छन् ।

    क्यानडाको डलहौजी विश्वविद्यालयको समुद्री संरक्षण जीव विज्ञानी तथा अध्ययनकर्ताले भने, ‘यो स्पष्ट छ कि हामी एक प्रजातिको रूपमा को हौँ र हामीले के गरिरहेका छौँ । यसबाट पत्ता लागिसकेको छ कि मानिसको रूपमा हामी कति असामान्य प्रजाति हौँ । ’

    यो अध्ययन कम्युनिकेसन बायोलोजी जर्नलमा प्रकाशित भएको छ ।

    vertebratesअन्य जनावर विपरीत, मानिसले कौशल विकसित गरेको छ जसले हामीलाई विभिन्न प्रकारको वातावरणमा जीवित रहन मद्दत गर्छ । परिणामस्वरूप ठुला भर्टिब्रेट्सको तुलनामा मानिसको पशु प्रजातिको एउटा ठुलो सङ्ख्यासम्म पहुँच पुगेको छ ।

    हाम्रो अत्यधिक विनाशको अर्को कारण यो हो कि हामीले खानाको लागि मात्र अन्य प्रजातिहरू उपभोग गर्दैनौँ । हामी यिनीहरूलाई लुगा बनाउन, परम्परागत औषधिहरू उत्पादन गर्न, स्मारिका ट्रिंकेटहरू बनाउन र अन्य चिजबाहेक कम्पनीमा पनि यसको उपयोग गरिन्छ ।

    मानिसले कसरी अन्य जनावरको शोषण गर्छ भनेर बुझ्नका लागि अध्ययनकर्ताले इन्टरनेशनल युनियन फर कन्जर्भेशन अफ नेचर (आइयूसीएन) को आँकडाको विश्लेषण गरेको छ । यो एउटा यस्ताे सङ्गठन हो जसले विश्वभरिमा वन्य जीव प्रजातिमाथि निगरानी राख्छ । प्रत्येक प्रजातिलाई उसको भौगोलिक सीमा र मन पर्ने वासस्थानका साथै उनीहरू बसिरहेको स्थानमा, खतरासहित सूचीबद्ध गरिएको छ ।

    यसले अनुसन्धानकर्तालाई मानवद्वारा शोषण गरिएका सबै १४,६६३ प्रजातिहरू र उनीहरू कसरी प्रयोग गरियो भनेर पहिचान गर्न मद्दत गर्‍यो ।

    पीडित प्रजातिमध्ये ५५ प्रतिशतलाई खानाका लागि मारिन्छ भन्ने पत्ता लाग्यो । तीमध्ये अधिकांश अन्य स्तनधारी र माछा हुन् ।

    यसबाहेक लगभग ५५ प्रतिशत शोषित प्रजातिलाई घर पालुवा जनावरको रूपमा राखिन्छ र अन्य ८ प्रतिशत वा सोभन्दा बढी मुख्य रूपमा पक्षी, सरीसृप र उभयचरको उपयोग उत्पादन बनाउनका लागि गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij