शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कांग्रेसलाई सुदृढ र गतिशील बनाउन सुदृढीकरण अभियान: गिरी

  • प्रकाशित मिति : बिहिबार, साउन २५, २०८०



  • नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले संगठनलाई अझ सुदृढ र गतिशील बनाउन पार्टीभित्र सुदृढीकरण अभियान सञ्चालन गरेको बताएका छन् ।

    नेपाली काँग्रेस डुडुवा गाउँपालिकाद्वारा आज डुडुवामा आयोजित विशेष आन्तरिक अभियानलाई सम्बोधन गर्दै उनले देशकै ठूलो पार्टी र सबैको भावना बुझ्ने एक मात्र पार्टी काँग्रेसलाई सबल बनाउनुपर्नेमा जोड दिँदै प्रजातन्त्र र लोकतन्त्रको मूल्य मान्यतामा अघि बढ्ने पार्टीको सच्चा कार्यकर्ता बन्न आग्रह गरे ।

    सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियानका केन्द्रिय प्रतिनिधिका रुपमा खटिएका नेता गिरीले पार्टीको संगठन कसरी चलिरहेको छ, स्थानीयस्तरमा यसको अवस्थाबारे सल्लाह सुझाव संकलन गरी त्यस अनुरुप पार्टी सुदृढ हुने बताए ।कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीको संगठन सुदृढीकरणमा जोड दिँदै क्रियाशील सदस्यता तथा नविकरणको कार्यलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा जिल्ला उपसभापति कृष्ण कार्की, महासमिति सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, क्षेत्र नंं. २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी लगायतले बोलेका थिए ।

    काँग्रेस डुडुवाका सभापति विजयकुमार यादवको अध्यक्षतामा सम्पन्न अभियान कार्यक्रमको संचालन प्रदेशका सचिव बेलबहादुर बोहराले गरेका थिए । कार्यक्रममा डुडुवा गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका सम्पूर्ण क्रियाशील सदस्यहरुको सहभागिता रहेको थियो ।

    काँग्रेस बाँकेले ’सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान’ सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानका क्रममा आज डुडुवामा कार्यक्रम गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij