आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक वर्षमा ३५६ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा,भ्रष्टाचारमा लिप्त कर्मचारीमाथि अख्तियार आक्रामक

  • प्रकाशित मिति : बिहिबार, साउन २५, २०८०



  • काठमाडौं । भ्रष्टाचारमा लिप्त कर्मचारीप्रति अख्तियार दुरूपयोग अनुसन्धान आयोग आक्रामक देखिएको छ ।

    अख्तियारले एक वर्षको अवधिमा एक जना विशिष्ट तहका कर्मचारीसहित ३ सय ५६ राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको पाइएको छ ।

    यद्यपि, उपल्लो तहका कर्मचारीहरू भने अख्तियारको कारबाहीबाट बच्ने गरेका छन् । सचिव, सहसचिवहरू विभिन्न खाले नीतिगत भ्रष्टाचारमा संलग्न हुने गरेको भए पनि उनीहरूमाथि छानबिन हुन नसक्दा जोगिने गरेका हुन् । अख्तियारको कारबाहीमा बढी मात्रामा खरिदार, सुब्बा, अधिकृत र उपसचिवसम्मका कर्मचारी पर्ने गरेका छन् ।

    अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतमा दायर गरिएका १ सय ६२ मुद्दाका ७ सय ६० प्रतिवादीमध्ये झन्डै आधाको संख्यामा कर्मचारी परेका छन् ।

    गत एक वर्षमा भ्रष्टाचार मुद्दा दायर गर्दा कर्मचारीको संख्या उल्लेख्य रहेको पाइएको हो । अघिल्लो आर्थिक वर्षमा पनि भ्रष्टाचार मुद्दा दायर गर्दा कर्मचारीको संख्या उल्लेख्य नै रहेको थियो । अख्तियारका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा भ्रष्टाचारमा मुद्दा खेप्ने कर्मचारीको संख्या ३ सय १० जना रहेको थियो ।

    यस हिसाबले हेर्दा भ्रष्टाचार गर्ने कर्मचारीको संख्या वर्षेनी बढेको पाइएको छ । अख्तियारले चालु आर्थिक वर्ष २०८०/८१ को २४ दिनको अवधिमा बुधबारसम्म ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसरी मुद्दा दायर गरिएकामा पनि अधिकांश कर्मचारीहरू नै रहेका छन् ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij