आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फोटो, भिडियो नखिच्‍न सप्तरी प्रशासनको उर्दीविरुद्ध पत्रकार आन्दोलित,प्रशासन कार्यालय अगाडि धर्ना

  • प्रकाशित मिति : बिहिबार, साउन २५, २०८०



  • राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई प्रशासन कार्यालयको अनुमति बिना फोटो, भिडियो नखिच्न भनेर बुधबार सार्वजनिक सूचना जारी गरेपछि सप्तरीका पत्रकारहरु बिहीबारदेखि आन्दोलित भएका छन् ।

    सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधबार सूचना जारी गर्दै बिना अनुमति प्रशासन कार्यालय परिसरको फोटो, भिडियो खिची समाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राख्न नपाइने सूचना जारी गरेको थियो ।

    प्रशासन कार्यालय सप्तरीको उक्त सूचना संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीविरुद्ध भएको नेपाल पत्रकार महासंघ सप्तरीले ठहर गर्दै बिहीबारदेखि आन्दोलन सुरु गरेको हो । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय अगाडिबाट बिहीबार निस्केको पत्रकारहरुको विरोध र्‍याली राजविराज नगरका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि एक घन्टा धर्ना दिएको थियो ।

    धर्नापछि आयोजित कोणसभामा पत्रकारहरुले सप्तरीका सीडिओले संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य गरेकोले कारबाहीको माग गरेका थिए । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्ला प्रशासन कार्यालयको पछिल्लो सूचनाले स्वतन्त्र रुपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको हुँदा शुक्रबारदेखि थप कडा आन्दोलन गर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij