आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, साउन २५, २०८०



  • बिनिता शर्मा,काठमाडौँ। प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ ।

    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१४ खुटियाघाटबाट अवैध लागूऔषध चरेश ४ किलो ३० ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान लुङ गाउँपालिका-७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम (पश्चिम) बासिकोट गाउँपालिका-७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

    यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका-४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित डोटी जोरायल गाउँपालिका-२ बस्ने २८ वर्षीय मिन बहादुर मालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-७ बस्ने २८ वर्षीय अरूण चौधरी समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान साइकल प्रहरीले बरामद गरेको छ ।

    तनहुँ जिल्लाको ब्यास नगरपालिका-४ भोर्लेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ९ सय ग्रामसहित सोही नगरपालिका-१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्र बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालका प्रबक्ता {DIGP} कुबेर कडायतले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij