आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपनमा पुरिएका खोलालाई पुरानै स्वरुपमा फर्काउने काम आजदेखि सुरू

  • प्रकाशित मिति : शुक्रबार, साउन २६, २०८०



  • काठमाडौं । काठमाडौंको कपन क्षेत्र हुदै बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउने काम शुक्रबारदेखि सुरू हुने भएको छ ।

    काठमाडौँं महानगरपालिका र बुढानीकण्ठ नगरपालिकाबीच पहिला पुरिएका खोलाहरु खोलेर पुरानै स्वरुपमा फर्काउने काम शुक्रबारदेखि सुरू गर्ने सहमति भएको हो ।

    काठमाडौं महानगरपालिकाले खोला खोल्नका लागि बिहीबार डोजर परिचालन गरेकोमा स्थानीय केही ब्यक्तिहरुको विरोधका कारण स्थागित गर्नुपरेको थियो । त्यसपछि काठमाडौंका मेयर बालेन्द्र शाह र बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीबीच भएको वार्तामा दुवै खोला खोलेर पुरानै स्वरुपमा फर्काउने सहमति भएको हो ।

    काठमाडौंले शुक्रबारदेखि धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको छ । जहाँसम्म खोला पुरिएका छन् त्यहाँसम्म खोल्ने सहमति भएको छ । काठमाडौं र बूढानीलकण्ठबीच सीमाङ्कन, रेखाङ्कन र नापजाँच गर्ने सहमति समेत भएको छ ।

    यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काइने भएको छ । पछिल्लो डेढ दशकमा भूमाफियाले खोला मिचेर अव्यवस्थित आवास क्षेत्र बनाएका छन् । जसका कारण यज्ञमति र चखुँचाखोला ढलमा परिणत भएका छन् । वर्षामा भने दुवै खोलाको बाढी सडकमा बग्दा कपन क्षेत्र डुबानमा पर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij