आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

८ वर्षे भाखामा सरकारले १० अर्ब आन्तरिक ऋण उठाउँदै

  • प्रकाशित मिति : शुक्रबार, साउन २६, २०८०



  • काठमाडौँ । सरकारले ८ वर्ष लामो अवधिमा १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्दै सरकारले उक्त ऋण उठाउने भएको हो ।

    शुक्रबार सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुलाई ऋणपत्रमा लगानी गर्न आह्वान गरेको छ ।

    यही साउन २९ गते बिक्री हुने विकास ऋणपत्रका लागि इच्छुक लगानीकर्ताहरुले साउन २८ गते आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । सोही दिन ३ बजे सार्वजनिक बोलकबोलमार्फत ऋणपत्रको बाँडफाँड हुने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

    ऋणपत्र खरिदकर्ताले लगानीको ब्याज अर्धवार्षिक अर्थात् ६/६ महिनामा पाउनेछ भने एकमुष्ट सावाँ भुक्तानी २०८८ साउन २९ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।

    यस्तो ऋणपत्र आवश्यक पर्दा खरिदकर्ताले धितोको रुपमा समेत राख्न सक्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij