प्रकाशित मिति : शनिबार, साउन २७, २०८०
बिनिता शर्मा,काठमाडौँ । कोशी प्रदेश प्रहरी प्रमुख DIGP राजेशनाथ बास्तोलाले अपराध अनुसन्धानमा प्रविधीको प्रयोग र प्रमाणमुखी अनुसन्धान अहिलेको आवश्यकता रहेको बताउँनुभएको छ ।

अपराध अनुसन्धानमा प्रविधीको प्रयोग र प्रमाणमुखी अनुसन्धान अहिलेको आवश्यकता रहेको कोशी प्रदेश प्रहरी प्रमुख DIGP बास्तोलाले बताउनु भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरको सभाहलमा छुट्टाछुट्टै सम्पन्न भएको अपराध अनुसन्धान सम्बन्धी एक दिवशिय गोष्ठी, प्रदेश प्रहरी बार्षिक कार्ययोजना २०८० सार्वजानिकीकरण र प्रदेश प्रहरी प्रमुख तथा अन्तरगत रहेका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहभागि भई उहाँले उक्त कुरा बताउँनुभएको हो ।

यसका साथै वाँहाले शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, मानव अधिकार संरक्षण र सम्वर्द्धन, बिपद व्यवस्थापनमा नेपाल प्रहरीको क्षमता अभिबृद्धी, सुरक्षा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा प्रभाबकारीता, तस्करी नियन्त्रण जस्ता कार्यहरुमा समेत बिशेष ध्यान दिन उहाँले निर्देशन दिनुभयो ।
एक दिवशिय गोष्ठी कार्यक्रममा अपराधको वर्तमान अवस्था, अपराधका प्रवृत्तिहरु, Pending मुद्दाको अवस्था, फैसला कार्यान्वयनको अवस्था, अपराध अनुसन्धानमा देखिएका समस्या एवं चुनौतीहरु, अपराध अनुसन्धान एवं नियन्त्रणको कार्ययोजना र माथिल्लो कार्यालयसँगको अपेक्षाको बिषयमा समेत छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुखहरुले आ-आफ्नो जिल्लाको प्रस्तुतीकरण समेत गर्नु भएको थियो ।
अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, कोशी प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ “अपराध अनुसन्धान सम्बन्धी एक दिवसीय गोष्ठी” को आयोजना गरिएको,कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij