प्रकाशित मिति : आइतवार, साउन २८, २०८०
घोराही । विभिन्न संघसंस्थाको आयोजनामा शनिबार घोराहीमा अन्तत्र्रिmया कार्यक्रम गरेर २४ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।
नेपाल परिवार नियोजन सघका सभापति भरतराज देवकोटाको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा र वृहत यौनिकता विषयक कार्यपत्र महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक शोभाकान्त अधिकारीले प्रस्तुत गर्नुभएको थियो । यसैगरी युवा र उद्यमशीलता विषयक कार्यपत्र युवा परिषद् दाङका सुरेश रावतले प्रस्तुत गर्नुभएको थियो । एक सयबढी युवाले छलफलमा भाग लिएका थिए । उनीहरुले युवालाई व्यस्त बनाउने बारेमा सोच्न सुझाव दिए ।
युवालाई उद्यमशीलतामा जोडेर देशभित्रै व्यस्त राख्न सकेमात्रै विकास निर्माण हुन्छ भन्ने कार्यपत्रको निष्कर्ष थियो । यहाँ बसेका युवा कुलतमा फस्ने र विदेश गएका नफर्किने विषयमा चिन्ता गरिएको थियो । बढ्दो जवानीमा परिवर्तन हुने यौन अंगका विषयमा अग्रीम जानकारी नहुँदा धेरैजना आत्तिने र उमेरलाई नचिन्दा यौन र लागूऔषध दुव्र्यसनमा फस्ने जोखिम रहेको बताए । उनीहरुलाई आफ्नै विकासप्रति अनभिज्ञ रहेर दुर्घटनामा पर्ने जोखिमबाट बचाउनुपर्ने बताए । सहभागी विद्यार्थी किशोर किशोरीले चाहिने विषयमा विद्यालयमा पढाइ नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
देशभित्रै युवालाई व्यस्त राख्ने कार्यक्रम नभएको गुनासो गर्दै उनीहरुले उच्च शिक्षा अध्ययन र रोजगारीको अवसर सिर्जना नभएको टिप्पणी गरे । पढाइ र अवसरले आशा जगाउने र युवा देशमै बस्ने वातावरण बन्ने धारणा सहभागीहरुको थियो । विद्यालयमा यौनिक शिक्षा लागु गर्न र किशोर किशोरीलाई स्वस्थ राख्न सुझाव दिइएको थियो । यौन तथा प्रजननका क्षेत्रमा काम गर्ने भएकाले समयमा त्यससम्बन्धी शिक्षा दिनुपर्छ भनेर संघले अन्तत्र्रिmया आयोजना गरेको हो । संघका अनुसार ४० प्रतिशत युवाले ओगटेको देशमा समयमा शिक्षा नदिए युवा सही बाटोमा लाग्दैनन् । उनीहरु पछि पर्नु भनेको देशले धोका पाउनु हो । अहिलेकै रफ्तारमा युवा विदेशिने हो भने चाँडै देश पछि पर्छ । केही समयपछि धान फल्ने खेतहरु बाँझा हुन्छन् । स्थानीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने सहभागीहरुको भनाइ थियो ।
घोराही उप–महानगरपालिका सामाजिक विकास महाशाखा, नेपाल परिवार नियोजन संघ दाङ शाखाको आयोजना तथा राष्ट्रिय युवा परिषद् नेपाल, नयाँ पाइला पुनस्र्थापना केन्द्र, लायन्स क्लव अफ घोराही सिटी र सिसा नेपालको संयोजनमा कार्यक्रम गरिएको हो । सो अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, स्वास्थ्य कार्यालय प्रमुख डम्मर कुँवरले विचार व्यक्त गर्नुभएको थियो । सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्धक वसन्त खनालले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij