आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाको हवाई टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुग्यो

  • प्रकाशित मिति : सोमवार, साउन २९, २०८०



  • एजेन्सी । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाईते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

    डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । अधिकारीहरूले २ हजार २ सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा ५ अर्ब ५० करोडभन्दा धेरैको धनमाल नष्ट भएको बताएका छन् ।

    आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगोमा जलेर ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी शव परिवारलाई बुझाउन चुनौति बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij