आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बीपी राजमार्गको यात्रा कष्टकर बन्दै

  • प्रकाशित मिति : बुधबार, साउन ३१, २०८०



  • सिन्धुली । सिन्धुली र काभ्रेका विभिन्न खोलाका पुल तथा कल्भर्टहरुको निर्माण सुस्त हुँदा वीपी राजमार्गको यात्रा कष्टकर बन्दै गएको छ ।

    काठमाडौंबाट पूर्वी पहाड र तराईलाई जोड्ने वीपी राजमार्गमा पछिल्लो समयमा सवारी चाप बढ्दै गएको छ । तर, निर्माण सामग्री जथाभावी राख्ने तथा वर्षायाममा सडक हिलाम्मे हुने भएकाले यात्रीहरुले सास्ती खेप्दै आउनु परेको छ ।

    सुर्य विनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले सडकको मर्मत र पुल पुलेसा निर्माण नगरिदिएका कारण एम्बुलेन्स समेत घण्टौं जाममा पर्नु परेको छ । नेपालथोक धुलीखेल खण्ड अन्तर्गत दुम्जाको घ्याम्पे खोलामा आएको बाढीका कारण बारम्बार यातायात बन्द हुने गरेको छ ।

    यस्तै, काभ्रेको मंगलटारमा लेदो सहितको पहिरो खसिरहेको छ भने सिन्धुलीको गोलन्जोरे खनियाखर्क क्षेत्रमा पनि लेदो खस्दा यात्रा कष्टकर हुने गरेको छ । सो राजमार्गमा २० ठाँउ भन्दा बढि खोल्साबाट लेदो सहितको पहिरो झर्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij