प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०८०
काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठ सोमबार प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij