शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

च्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु उत्साहित

  • प्रकाशित मिति : बिहिबार, भदौ ७, २०८०



  • काठमाडौं । च्याउ खेती गर्न नेपालका कृषकहरु उत्साहित भएका छन् । नेपालकै सबै भन्दा ठुलो च्याउ खेती भएको स्थान चित्लाङको इअन्द्रेनी च्याउ फार्मको अवलोकन गरे पछि कृषकहरु च्याउ खेतीमा आकर्षित हुनुको साथै उत्साहित भएका छन् । कृषकहरुलाई अन्तर्राष्ट्रिय रोटरी ग्लोबल ग्रान्ट अन्तरगत रोटरी क्लब महाराजगञ्ज तथा रोटरी डिस्ट्रिक ७४१० पेन्सुल्भेनिआ अमेरिकाको संयुक्त सक्रियतामा प्रशिक्षणसहित तालिम प्रदान गरीएको थियो ।

    तालिमको उद्घाटन गर्दे रोटरी क्लब महाराजगञ्जका चार्टर प्रेसिडेन्ट डा. जयबहादुर टन्डनले नेपालमा च्याउ खेतीको अत्याधिक सम्भावना रहेकोे र बिदेशसमेत निर्यात गर्न सकीने बताउनुभयो । उहाँले कृषकहरुको आर्थिक उन्नतीको लागि प्रशिक्षण र तालिमसंगै च्याउ खेतीको व्यवस्थापन गरीने बताउनुभयो । शैक्षिक तालिम बिना च्याउ खेतीकालागि कृषक दक्ष नहुने भएकाले तालिम पछि च्याउ खेतीमा सहभागि गराईने पनि बताउनुभयो । उहाँले कृषक च्याउ खेतीका लागि उत्सहित भएको र उनीहरुको तत्परताका आधारमा आकर्षित कृषकलाई छनौट गरेको पनि बताउनुभयो । आवश्यक बिउ बिजन मलको व्यवस्थापन र व्याड बनाउन कृषकलाई सहयोग गर्ने उहाँको भनाई थियो ।

    तालिम सकिए लगतै टनेल बनाएर च्याउ खेतीको उत्पादन थालिने छ । क्लबले कृषकले उत्पादन गरेको च्याउको बजारसमेत व्यवस्थापन गरीदिने भएको छ । तालिम प्रशिक्षक सुमन महर्जनले तालिममा सिकेका कृराहरु कृषकले व्यवहारमा लागु गर्ने भन्दै च्याउ खेती कृषकहरुकालागि प्रभावकारी हुने बताउनुभयो । च्याउ खेतीबाट धेरै कृषक लाभान्वित हुने उहाँको भनाई छ । कृषक बीरमान राइले कृषककालागि गरीएको च्याउ खेती उपयोगि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमबाट सिकेका कुरालाई कार्यान्वयन गर्न कृषकलाई सहयोगको आवश्कता रहेको भन्दै यसबाट कृषक लाभान्वित हुनेमा जोड दिनुभयो । कृषककोलागि ठूलो सहयोग मिलेको भन्दै च्याउ तालिम पछि च्याउ खेतीमा लाग्ने उहाँको भनाई थियो । उहाँले बजारको प्रबन्ध भएकाले यसबाट मनग्य नाफा कमाउन सक्ने पनि बताउनुभयो ।

    १५ दिने प्रशिक्षणमा सहभागि बिभिन्न जिल्लाबाट आएका कृषकहरु च्याउ खेतीमा सम्लग्न हुने छन् । कृषकलाई आर्थिक रुपले सम्पन्न बनाउने उद्देश्यले सञ्चालित परियोजना यहि भाद्र २०८० देखि सुरु भै २०८१ साल आषाढमा पुराहुने बताईएको छ । कार्यक्रमको निरन्तरता तथा दिगोपनाको लागि परियोजना पुराभएपछि पौरखी नेपालले सहजकर्ताको रुपमा सहयोग पु¥याउने छ ।

    कार्यक्रममा रोटरी क्लब महाराजगञ्जका पदाधिकारी तथा सदस्यहरु, रोटरी क्लब काभ्रे भ्यालीका अध्यक्ष रिकेस कायस्थ लगायत क्लबका अभिभावक जी.एस. आर रोटरियन महेश्वोर भक्त श्रेष्ठ, तथा जूम मार्फत अन्तरराष्ट्रिय रोटरी डीष्ट्रीक्ट ७४१० अमेरिकाका तर्फबाट यस परियोजनाका प्रमुख भूतपुर्व गवर्नर श्रीमती मार्सा लंघमान तथा अमेरिका तथा क्यानाडाका सहयोगी दाता रोटरियनहरुको सहभागिता रहेको थियो ।

    तालिम प्रशिक्षणलगतै बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर– ६ च्यासिँग टोलका ग्रामिण विपन्न किसानहरुको जीवनस्तर अभिवृद्धि गर्ने उदेश्यले दिगो च्याउ खेतिको परियोजना सुरु गरिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij