आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शनिबार सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ

  • प्रकाशित मिति : बिहिबार, भदौ १४, २०८०



  • काठमाडौँ । वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिने भएको छ ।

    जिल्ला समन्वय समिति काठमाडौँले यही भदौ १६ गते शनिबार र्‍याफ्टिङ आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमले वाग्मती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए ।

    काठमाडौँ जिल्लाका नदी किनारा आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, वाग्मती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौँ महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौँले र्याफ्टिङ कार्यक्रम आयोजना गर्न लागेको हो ।

    गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्‍याफ्टिङ कार्यक्रमलाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घ र बागमती प्रदेश र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घले प्राविधिक सहयोग गरेका छन् ।

    पत्रकार सम्मेलनमा नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले वाग्मतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्‍याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij