शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लमजुङको क्व्होंलासोथारमा नयाँ प्रशासकीय भवन निर्माण

  • प्रकाशित मिति : शुक्रबार, भदौ १५, २०८०



  • लमजुङको क्व्होंलासोथार गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट कामकाज सुरु गरेको छ । गाउँपालिकाको वडा नं. २ मालिङमा भवन निर्माण गरेसँगै बुधबारदेखि नयाँ भवनमा सरेर पालिकाको कामकाज सुरु गरिएको हो । तीनतले आरसिसी भवन निर्माणका लागि ०७७ असोज ३० गते सम्झौता गरी ०७९ असोज ३० गते निर्माण सक्नुपर्नेमा निर्माण कम्पनीले दुईपटक गरी ६ महिना म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको क्व्होंलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

    ४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा भवन निर्माण सम्पन्न गरेको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २ करोड र गाउँपालिकाले २ करोडभन्दा बढी खर्च गरेको छ । भवन २ रोपनी ४ आना २ पैसा जग्गामा रविना–अविशा–विकन जेभीले निर्माण गरेको हो ।

    भवन निर्माणका लागि २ रोपनी १ आना २ पैसा जग्गा खरिद गरिएको थियो भने सँगै रहेको ३ आना जग्गा निवर्तमान वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निःशुल्क पालिकालाई दान गरेका थिए । भवनमा ३६ वटा कोठा र एउटा हल बनाइएको छ । भवनमा सिसिक्यामेरा जडान गरिएको छ । सेवाग्राहीलाई कामकाजमा ढिलाइ नहोस् भनेर सोलार, ब्याट्री ब्याकअपसमेत राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताए ।

    उनका अनुसार पहिले आफ्नै भवन नहुँदा जनप्रतिनिधि, कार्यालय र शाखाहरू छुट्टाछुट्टै छरिएर सञ्चालन हुँदै आएको थियो । अब एकै ठाउँमा काम हुने हुँदा सेवाग्राहीलाई सहज हुने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij