आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था छ : सचिव पोखरेल

  • प्रकाशित मिति : शुक्रबार, भदौ २२, २०८०



  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

    शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव पोखरेलले अस्पतालहरुमा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्यकर्मीको अपर्याप्तताका कारण सेवा प्रवाहमा समस्या हुने गरेको भन्दै सेवा प्रवाहलाई सहज बनाउन दरबन्दी थप गर्नु आवश्यक रहेको बताउनुभयो ।

    हाल मन्त्रालय अन्तर्गत ११ औं तहका नर्स ११ जना, ९ औं र १० औं तहका नर्स ४३ जना, ७ औं ८ औं तहका नर्सहरु १५८ जना त्यस्तै चौथो, पाँचौं र छैठौँ तहका नर्स ११ हजार १२६ जनाको दरबन्दी रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, चौथो, पाँचौं र छैठौँ तहको पारामेडिक्स १७ हजार ६४१ जनाको दरबन्दी रहेको सचिव पोखरेलले बताउनुभयो । उहाँले अहिले चौथो, पाँचौ र छैटौं तहको नर्स २१ हजार २३४ जना आवश्यक रहेको बताउनुभयो ।

    त्यसैगरी चिकित्सक ६ हजार ३२३ जना र पारामेडिक्स १० हजार ४७९ जना आवश्यक रहेकोले सोही अनुरुप दरबन्दी थप गर्नुपर्ने सचिव पोखरेलले बताउनुभयो । मन्त्रालयले यसको लागि दरबन्दी थपको प्रश्ताव समेत गरिसकेको उल्लेख गर्दै उहाँले प्रश्तावित दरबन्दीको लागि करिब ७ अर्ब ५९ करोड रुपैयाँ थप रकम चाहिने भएकाले सो रकम अर्थ मन्त्रालयले दायित्व लिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालहरुमा भीड बढ्दै जाने तर दरबन्दी बढाउन नसक्ने हो भने आगामी दिनहरु डरलाग्दो हुने बताउनुभयो ।

    सचिव पोखरेलले राज्यको छात्रवृत्तिमा पढेकाहरुलाई पोष्टिङ गर्दा पर्ने आर्थिक दायित्व पनि अर्थमन्त्रालयले लिनुपर्ने बताउनुभयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा, सुविधाको पनि वृद्धि हुनुपर्ने बताउनुभयो ।

    त्यसैगरी, बैठकमा बोल्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले जनशक्ति उत्पादनको नाममा न्युनतम स्तर नभएको जनशक्ति उत्पादन गर्नु घातक हुने बताउनुभयो । उहाँले गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँघरमा औषधि प्रयोगको अवस्था भयावह भएको भन्दै मेडिकल शिक्षा दिनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

    सचिव पोखरेलले आगामी दिनमा प्राकृतिक चिकित्सामा पनि जोड दिनुपर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij