आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै आधारमा एक युवक प्रहरी हिरासतमा

  • प्रकाशित मिति : शनिबार, भदौ २३, २०८०



  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्‍याएका छन्।

    झण्डै एक दशकसम्म सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदा जवाफदेही निकायलाई प्रश्न गरेरै धरानको मेयर बनेका साम्पाङ आफूलाई प्रश्न गर्नेसँग भने सधैं कठोर रूपमा प्रस्तुत हुँदै आएका छन्।

    यसपटक उनीमाथि प्रश्न गरेको भन्दै धरान-१५ का अशोक लिम्बूलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा पुर्‍याएका छन्। उनी शुक्रबार साँझदेखि प्रहरी हिरासतमा छन्।

    मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। यसपटक पनि शुक्रबार अपराह्न उनी आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ पुगेका थिए।

    त्यहाँ पुगेर मेयर हर्कले बोल्दै गर्दा ती युवकले उनलाई प्रश्न गरेका थिए। यो भिडिओ पनि सार्वजनिक भइसकेको छ।

    ‘हर्क दाई’ भन्दै ती युवाले मेयरलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने? भन्दै प्रश्न गरेका थिए। जवाफमा मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको?’ भन्दै रिसाउँछन्।

    त्यही बीचमा उनले नगर प्रहरीलाई अशोकलाई पक्राउ गर्न निर्देशन दिन्छन्। मेयरको निर्देशनपछि नगर प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय पुर्‍याएका थिए। प्रहरीका अनुसार ती युवक अहिले पनि प्रहरी थुनामै छन्।

    डिएसपी नवराज मल्लले लिम्बूलाई ‘मौखिक उजुरीका आधारमा राखिएको’ बताए।

    यसबारे बुझ्न खोज्दा धरानका डिएसपी नवराज मल्लले भने, ‘हामीले पक्राउ गरेको होइन। नगर प्रहरीले ल्याएर जिम्मा लगाएको हो। उहाँ अहिले हामीसँग हुनुहुन्छ।’

    प्रहरी युवा संघले धरानमा गर्ने कार्यक्रममा व्यस्त भएको, आज सार्वजनिक बिदा भएको र उसबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी जानकार रहेको उनको भनाइ छ।

    प्रहरीले बिना उजुरी र बिना कसुर थुनामा राखेका युवकमाथि अराजकता फैलाएको मेयर साम्पाङको आरोप छ। फेसबुकमा उनले अराजकता फैलाउनेलाई थुनाएको लेखेका छन्।

    सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेयरमाथि अभद्र व्यवहार भएको कुरा आएपछि अनुसन्धानका लागि लिम्बूलाई नियन्त्रणमा लिएको तर शनिबार बिहानै छाडिसकेको बताइन्।

    अहिले भर्खरै प्रहरीले ती युवा हामीसँगै हुनुहुन्छ भनिरहेको छ नि, कसरी छुटे भन्ने प्रतिप्रश्नमा प्रजिअ पाण्डेले ‘त्यसो भए किटानी जाहेरी परेर अनुसन्धानमा होला,’ भन्ने जवाफ दिइन्। प्रहरीले भने मेयरको मौखिक उजुरीका भरमा थुनामा राखेको बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij