शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

करोना पिडितका लागि आएको रकम बितरणमा परोहा नगरप्रमुख शेख वकिलले अनियमितता गरेकाे आरोप

  • प्रकाशित मिति : सोमवार, भदौ २५, २०८०



  • प्रेमचन्द्र झा,राैतहट । नेपाल सरकारले करोना पिडित जनतालाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन । परोहा नगरपालिकाले २ बर्ष आगाडी करोना पिडितलाई सहयोग रकम वितरण गर्न एक सहकारी संस्थालाई दिएपनि हाल सम्म सबै जनालाई वितरण नगरे पछि अनियमितता नै भएको दाबी गरेका छन । नेकपा माओ वादीका नेता तथा परोहा नपा वडा नम्बर ४ का वडा प्रत्यासि अमिन्द्र यादवले दिएको जानकारी अनुसार पालिकामा क वर्गकाे प्रभु वैक परोहा शाखा हुदा हुँदै पनि काखापाखा गर्ने मनलाग्दी गर्ने नियतले पुजनिय सहकारी संस्थाको खातामा रकम पठाई नगर प्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खाेजेको आरोप लगाएका छन ।

    नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले रकम हिनामिना गर्न खोजेको आरोप लगाउदै स्थानिय युवा ईन्जिनियर सतेन्द्र प्रसाद यादवले बुधवारसम्म सबै करोना पिडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने सामाजिक सञ्जाल मार्फत चेतावनी समेत दिएका छन ।

    नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थालाई करोना पिडित जनताको लागि आएको सहयोग समयमा वितरण गर्नु पर्दछ नियत भएको भए २ वर्ष देखि पकै रोकेर राख्दैन थिए नेता यादवले बताए ।

    परोहा नगरपालिकालाई नेपाल सरकारले करोना पिडितलाई सहयोग गर्न ससर्त अनुदान शिर्षकमा ९० लाख रुपैया पठाएको र रकम फ्रिज नहाेस भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको नगर प्रमुख शेख वकिलले वताए । सबै वडामा रकम बितरण भई रहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बांकी रहेको बताए ।

    वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाई भएको र चुनाव बिचमा परेका कारण पनि आफुले बदनाम हुने डरले केही समय रकम रोकेर राखेको नगर प्रमुख शेख वकिलले स्विकार गरेका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij