शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

चितवनमा गाईको मृत्यु भएपछि मान्छेको जस्तै काजक्रिया गरियो

  • प्रकाशित मिति : सोमवार, भदौ २५, २०८०



  • बिनिता शर्मा,काठमाडौ। गाईको पनि मृत्यु पछि मान्छेको जस्तै काजक्रिया हुन्छ भन्दा अचम्म लाग्न सक्छ तर चितवनको राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिमा गाईको मृत्यु पछि मान्छेको जस्तै काजक्रिया गरिएको छ । चितवनको राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिका कृषक बद्री घितालले आफुले पालेको गाई मरेपछि मान्छेको जस्तै क्रिया गरेका छन् ।

    गत भदै ५ गते बेलुका ९/१० बजेको समयमा राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिमा रहेको घितालको गाइ गोठमा आगोलागि हुदा गोठमा रहेका ६ गाइ मध्य ५ गाइ को जलेर मृत्यु भएको थियो।

    बाँधेकै ठाउँमा दाम्लोसँगै गाईको मृत्यु भयो भने गाई हत्या लाग्ने भएकाले काजक्रिया गरिएको उनले वताएका छन् । गाईको हत्या गर्न पाउनु पर्ने र गाईको मासु खान पाउनु पर्ने एकथरीको माग भइरहँदा उनले गरेको गाईको काजक्रिया भने यतिवेला चर्चाको विषय बनेको छ ।

    राष्टिय जनावार गाईलाई हिन्दु धर्मावलम्वीहरुले गाईलाई आमाको रुप मानेर पुजा गर्ने गर्दछन् । आफुले पालेको, दुध खाएको गाईको मृत्युपछि काजक्रिया गरिएको कृषक घितालले वताए ।

    जस्ले गाई बाँधेको छ उसैलाई दोष लाग्ने भएकाले बैद्धिक सनातन धर्म अनुसार नै काजक्रिया गर्नु परेको देबघाट क्षेत्र बिकास समितिका पुर्ब अध्यक्ष एबम आध्यात्मिक ब्यक्ति टन्क नाथ पौडेलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij