शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

घोराहीका पाँचवटा डेरीमा मिसावट

  • प्रकाशित मिति : आइतवार, भदौ ३१, २०८०



  • घोराही । तीजको मुखैमा डेरी व्यवसायीले सरकारी मापदण्ड नपुगेको दूध उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षकसहितको अनुगमन टोलीले गरेको निरीक्षणमा दूधमा हुनुपर्ने तत्व नभएको पाइएको हो । २०७९ फागुनमा पनि घोराहीका डेरीमा अनुगमन गर्दा पानीको मात्रा बढी रहेको प्रमाणित भएको थियो । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले तीजको मुखैमा घोराहीका डेरीमा अनुगमन गरेर नमूना परीक्षण गर्दा दूधमा गुणस्तर नपुगेको तथा पानीको मात्रा धेरै देखिएको फेला पारेको छ । दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ ले तोकेको मापदण्ड अनुसार दूध नपाइएको हो ।

    निर्देशिकामा अम्लता, बढीमा ०.१६ प्रतिशत, दूधमा चिल्लो पदार्थ गाईको र मिश्रित घटीमा ३.५ प्रतिशत र भैंसीको पाँच प्रतिशत हुनुपर्छ । चिल्लोबाहेकको ठोस पदार्थ भैंसीको र मिश्रितमा आठ, गाईकोमा सात दशमलव पाँच प्रतिशत भन्दा कम हुन नहुने व्यवस्था छ । घोराहीका पाँचवटा डेरी बाट लिइएको नमूना परीक्षणमा दूधमा चिल्लो पदार्थ, चिल्लोबाहेकको ठोस पदार्थ कम भएको पाइएको छ । पाँच वटा डेरीको अनुगमनमा चार वटाको तेस्रो पटकको अनुगमन हो । सबै डेरीको दूधमा कैफियत भेटिएको छ । दूधमा चिल्लो पदार्थ, चिल्लोबाहेकको ठोस पदार्थ कम भएको तथा पानीको मात्रा अत्यधिक रहेको पाइएको छ । घोराहीको हिमाल डेरीमा चिल्लो पदार्थको मात्रा ४.१ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ६.४ प्रतिशत देखिएकोे छ । राप्ती कफी हाउसको दूधमा चिल्लो पदार्थको मात्रा ४.४ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ६.४६ प्रतिशत पाइएको छ ।

    रिजाल डेरी एण्ड कफी हाउसको दूधमा चिल्लो पदार्थको मात्रा ४.२ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ६.२ प्रतिशत पाइएको छ । त्यस्तै दाङ घोराही डेरीको दूधमा चिल्लो पदार्थको मात्रा ४.९३ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ६.३ प्रतिशत पाइएको छ । सहिदगेटमा रहेको लमही डेरीको दूधमा चिल्लो पदार्थको मात्रा ५.४ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ७.६ प्रतिशत पाइएको घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका अधिकृत मोहन सिंह सुनारले जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षकसहितको टोलीले गाडीमै स्टार्च मिसावटको पनि परीक्षण गरेको थियो । स्टार्च परीक्षण दूधमा गाढापन दिन मैदा, चामलको चौलानी जस्ता ठोस वस्तुको मिसावट भए नभएको परीक्षण गरिन्छ । खाद्य निरीक्षक राजेश चौधरीले दूधको स्टार्च परीक्षणमा मिसावट नपाइए पनि एसएनएफ परीक्षणमा भने कैफियत भेटिएको बताउनुभयो । ‘एसएनएफमा फ्याट (चिल्लो पदार्थ) बाहेकको ठोस पदार्थको मात्रा जाँचिन्छ । त्यसमा कम भए पानीको मात्रा बढी भएको हुन्छ’– उहाँले भन्नुभयो– ‘परीक्षणमा पानी धेरै राखेको देखिन्छ ।’ उहाँले दूधको ब्यवसाय गर्नेले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बताउनुहुन्छ । ‘डेरी पसलले दूध राख्दा तापक्रम मेन्टेन गर्नुपर्छ, सरसफाइ लगायतको मापदण्ड पु्¥याउनुपर्छ भने प्लास्टिकका भाँडामा दूध राख्नुहुँदैन’– उहाँले भन्नुभयो– ‘आल्मुनियम तथा स्टेनलेस स्टीलका भाँडा प्रयोग गर्नुपर्छ ।’ दूधबाट बन्ने खाद्यपदार्थ जस्तै दही, घ्यु, पनिर उपयुक्त तामक्रममा राख्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार अझै सरसफाइ र दूध भण्डारणमा डेरीमा समस्या छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij