शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया नियुक्त

  • प्रकाशित मिति : सोमवार, अशोज १, २०८०



  • कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया नियुक्त भएका छन्।

    कान्तिपुर सञ्चालक समितिले सोमबार सिरोहियालाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो। उनी यसअघि कान्तिपुर मिडिया ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर काम गरिसकेका थिए।

    यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक कैलाश सिरोहिया थिए। सम्भव कैलाशका छोरा हुन्। कैलाश भने अब संस्थाको अभिभावकीय भूमिकामा रहनेछन्।

    उनी ३१ वर्षसम्म कान्तिपुरको प्रबन्ध निर्देशक रहेका थिए।

    नवनियुक्त प्रबन्ध निर्देशक सम्भवले मिडिया उद्योगहरूमा चुनौती आइरहेको बताए। पत्रकारितालाई जोगाउने जिम्मेवारी रहेको उनले बताएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ। ‘पत्रकारिताको मूल धर्म कायम राख्दै त्यसलाई अझ प्रविधिमैत्री पनि बनाउँछौं,’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij