प्रकाशित मिति : बिहिबार, अशोज ४, २०८०
बिनिता शर्मा,काठमाडौ। प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।


सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ माझिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स-डिसी लेखिएको एकसय एमएलको ७ सय ४९ बोतलसहित सर्लाही कोडैना गाउँपालिका-६ बस्ने २० वर्षीय सुनिल कुमार यादव समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले एचआर १० एस ३०५६ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-३ वभनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम र नगद २८ हजार रूपैयाँसहित सोही नगरपालिका-९ जगदिशपुर बस्ने २६ वर्षीय घनश्याम मुराउलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.८३ प ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली जिल्लाको टिकापुर नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्रामसहित बर्दगोरीया गाउँपालिका- २ बौनीया जगतपुर बस्ने २५ वर्षीय रबिन्द्र टमट्टालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालका प्रबक्ता Digp कुबेर कडायतले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij