शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सशस्त्रले गर्यो रातको २ बजे बाग्मती नदिबाट एक ब्यक्तिको उद्धार

  • प्रकाशित मिति : बिहिबार, अशोज ४, २०८०



  • बिनिता शर्मा,काठमाडौ। सशस्त्रले गर्यो रातको २ बजे बाग्मती नदिबाट एक ब्यक्तिको उद्धार गरेको छ।

    सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राती २ बजे बाग्मती नदिबाट एक ब्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौको दक्षिणकाली नगरपालिका ८ कटुवाल दह स्थित बाग्मती नदि किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने
    ४० बर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।

    पानीको बहाव कम भएको बेला नदि पारी गएका लामा बहाव बढेसंगै वारि आउन नसकी नदि किनारको पहरामा फसेका थिए ।

    सो बारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद्उ द्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङ्गको कमाण्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस के.सी.को कमाण्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो ।

    मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्धार गरेपश्चात लामालाई आफन्तको जिम्मा लगाइएको, सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij