शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृहसचिव भट्टराई

  • प्रकाशित मिति : शनिबार, अशोज १३, २०८०



  • काठमाडौं । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताउनुभएको छ ।

    शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्ण रुपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताउनुभएको हो । उहाँले चिकित्सकहरुमाथी विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषिलाई कारबाही गरिने बताउनुभयो ।

    गृह सचिव भट्टराईले चिकित्सकहरुका जायज माग सम्बोधन गर्न सरकार सधैं तयार रहेको भन्दै वार्ता, संवादद्धारा हुनसक्ने दीर्घकालीन नीतिगत र संरचनागत प्रवन्धद्वारा हुने विषयलाई सडकमा आएर सेवा अवरुद्ध गर्न जरुरी नभएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीमाथि भएका घटनाहरुमा प्रचलीत कानूनले दिएको सिमा र परिधिभित्र रहेर कानून बमोजिम कारबाही अघि बढाइएको बताउनुभयो ।

    समितिको बैठकमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मी सम्बन्धी ऐन अपूरो भएको बताउनुभयो । उहाँले चिकित्सकहरुमाथि दिनहुँ हातपात भएको भन्दै राजनीतिक दलको दृढ संकल्प अहिलेको आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यका समस्याहरु सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएका फाइलहरु अर्थ मन्त्रालयमा चाङ लागेर बसेको बताउनुभयो ।

    अध्यक्ष कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी नथपिने, चिकित्सकहरुले अतिरिक्त समय काम गरेको भत्ता नपाउने, चिकित्सकहरुले कति घण्टा काम गर्ने भन्ने नतोकिएको लगायतका समस्या रहेको बताउनुभयो । डा.कार्कीले हरेक घटनामा डाक्टरलाई कुटिने गरिएको भन्दै लापरबाही भन्ने शब्द परिवर्तन हुनुपर्ने बताउनुभयो । उहाँले मेडिकलल प्राक्टिस शतप्रतिशत नहुने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij