शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल

  • प्रकाशित मिति : आइतवार, अशोज १४, २०८०



  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ।

    उनीहरूबीच बिहान साढे आठ बजेदेखि छलफल जारी रहेको र संवादमा कांग्रेसका उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेस, एमाले, माओवादी केन्द्रका सचेतकहरू पनि रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

    दलहरूबीच भएको सहमतिअनुसार सरकारले सुन तस्करी जाँचबुझ गर्न उच्चस्तरीय आयोग नबनाएको भनेर प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरू रूष्ट छन्। छलफल यही विषयमा केन्द्रित रहेको बुझिएको छ।

    आजै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच सर्वदलीय छलफल पनि बोलाइएको छ। छलफल बालुवाटारमा बिहान ११ बजे हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए।

    आजै संसद बैठक पनि छ। दिउँसो १ बजे बस्ने संसद् बैठकअघि दलहरूबीच सहमति खोज्ने प्रयास गर्न लागिएको हो।

    सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते सुन तस्करी छानबिन गर्न आयोग बनाउने सहमति भएको हो। आयोगले असोज ५ गतेदेखि काम थाल्ने भनिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij