शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

द्रव्य शाहको तरिकाका षडयन्त्रहरु सफल हुँदैनन् : ओली

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०८०



  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा एमालेको प्रतिस्पर्धी नै नभएको बताएका छन् ।

    काठमाडौँमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरुले एमालेमाथि षड्यन्त्र गरिरहेपनि ती षडयन्त्रलाई असफल पार्ने दाबी गरे ।

    ‘आजका हाम्रा विपक्षीहरुले बुझ्नुपर्दछ । द्रव्य शाहको तरिकाका षडयन्त्रहरु आज सफल हुँदैनन्’, ओलीले भने, ‘आज प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ ।’

    पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले कार्यकर्ताहरुलाई पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिए । उनले भने, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न हाम्रा साथीहरु पनि तयार हुनुपर्छ । त्यसका लागि कार्यक्षमताको अभिवृद्धि र सक्रियता बढाउनुस् ।’

    अध्यक्ष ओलीले एमाले अधिवेशनलाई लिएर विरोधीहरूले एकोहोरो टिप्पणी गरिरहेको भन्दै असन्तुष्टि जनाए ।

    उनले भने, ‘हाम्रा विपक्षीहरुले अधिवेशनका सन्दर्भमा एकोहोरो खालको टिकाटिप्पणी गर्न पाएका छन् । यो अधिवेशनले अर्को टिकाटिप्पणी गर्ने मौका नदिओस् ’ओलीले भने, ‘अहिलेसम्म लडँेभिडेँ भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डेमोक्रेसी नै भएन भन्ने मौका पनि दिऔँ ।’ उनले चुनावमा सबैले नजित्ने भन्दै पार्टीमा सहमति गर्दा उपयुक्त हुने बताए ।

    ‘सबैले जित्ने होइन । नजित्नेको मन दुख्छ । त्यसैले सहमतिमा नै गयो भने कसैको मन दुख्दैन । किन मन दुखाउने ?’ ओलीले भने, ‘उठेपछि जित्नका लागि कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको देखिन्छ । त्यस्तो नगरौँ ।’

    ओलीले नेतृत्वले कार्यकर्ताको कामको मुल्यांकन गरिरहेको भन्दै नेतृत्वको मुल्यांकनमा भर नपर्दा नतिजा जस्तो सकै आउन सक्ने बताए ।

    ‘नेतृत्वको मुल्यांकनमा भर परिएन र नचिनेकाले भोट दिने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुन सक्छ । एउटा प्रदेशको एउटा कुनाको मान्छेले अर्को ठाउँकालाई चिनेको हुँदैन’, सहमतिलाई जोड दिँदै ओलीले भने, ‘कतिपय ठाउँमा हेरिरहेको छु म । चुनाव आफ्ना खुसीले लड्छन् । जितेकामा उन्माद चढेजस्तो देखिने । हारेकामा निराश, खिन्नजस्तो देखिने । त्यस हिसाबले पार्टीको आन्तरिक चुनावलाई लिनुहुन्छ र ?’ ओलीले प्रश्न गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij