शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

टेलिकमको सुरुङ्गा शाखाका निमित्त प्रमुख दिलीप सुवेदी २३ दिनदेखि सम्पर्क विहीन

  • प्रकाशित मिति : आइतवार, अशोज २१, २०८०



  • काठमाडौँ । नेपाल टेलिकमको सुरुङ्गा शाखाका निमित्त प्रमुख दिलीप सुवेदी २३ दिनदेखि सम्पर्क विहीन भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं ९ सल्ले स्थायी घर भएका ३१ वर्षीय सुवेदी गत भदौ ३० गतेदेखि सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ ।

    सुवेदीसँग अन्तिम पटक बिहान ८ बजेर ४९ मिनेटमा फोन सम्पर्क भएको सुवेदीकी श्रीमती बज्रुनाले बताइन् । त्यसपछि दिउसो १२ बजे फोन गर्दा मोबाइल अफ रहेको उनले बताइन् । श्रीमान् सम्पर्क विहीन भएको बारेमा प्रहरीलाई जानकारी गराउँदा चित्तबुझ्दो जवाफ नपाएको उनको गुनासो छ । उनले श्रीमानको खोजी कार्यमा सहयोग गरिदिन सबैमा अपिल गरेकी छन् । सुवेदी अधिकृत छठौं तहका कर्मचारी हुन् ।

    नेपाल टेलिकम वर्कर्स युनियन कोशी प्रादेशिक समितिका अध्यक्ष हेमचन्द्र भण्डारीले सुवेदीको खोजीका लागि प्रहरीलाई आग्रह गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म उनको अवस्था अज्ञात नै छ ।

    इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार कार्यालयमा परेको निवेदनको आधारमा प्रहरीले सुवेदीको खोजी कार्य गरिरहेको जानकारी दिए । परिवारले दिएको निवेदनको आधारमा खोजी भइरहेको उनले बताए । उनका अनुसार सुवेदीको बारेमा अहिले एकिनरुपमा केही भन्न सकिने अवस्था छैन । प्रहरीले सुवेदी आफैँ हराएका हुन् वा कसैले उनलाई अपहरण गरेको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल टेलिकम कोशी प्रादेशिक समिति र नेपाल टेलिकम वर्कर्स युनियन कोशी प्रादेशिक समितिले सुवेदीको खोजी कार्य शीघ्रताका साथ गर्न नेपाल टेलिकम कम्पनी व्यवस्थापन, सुरक्षा निकाय, प्रशासनिक सम्यन्त्रलगायत सरोकारवाला निकायलाई अपिल गरेको थियो । सङ्गठनका सचिव सुरेन्द्र कुमार यादव र युनियनका सचिव प्रकाश कुमार सापकोटाले संयुक्त विज्ञप्ति जारी गरेका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij