शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अवैधरुपमा डम्पिङ गरिएको बालुवा बरामद

  • प्रकाशित मिति : बिहिबार, अशोज २५, २०८०



  • देउखुरी । विभिन्न ठाउँमा अवैधरुपमा संकलन गरी राखिएको बालुवा लमही नगरपालिकाले बरामद गरेको छ । राप्ती नदीबाट चोरेर नर्सरी, खोलाको किनार, खरबारीभित्र लुकाएर राखेको बालुवा बरामद गरिएको हो ।

    नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठ, वडा नं. १ का अध्यक्ष दामोदर पौडेल, २ का वडाध्यक्ष नेपालु चौधरी, ३ का वडाध्यक्ष मनोजकुमार चौधरी, ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, ६ का वडाध्यक्ष श्यामनारायण चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, जिल्ला समन्वय समिति दाङका सदस्य कुलबहादुर बुढा, प्राविधिक अमित विश्वकर्मालगायतको टोलीले अनुगमन गर्दै अवैधरुपमा थुपारेर राखिएको बालुवा नापजाँच गर्दै बरामद गरेको हो ।

    लमही नगरपालिका–७ को हसनापुरबाट ११ सय ५५ घन मिटर बालुवा, गिधनियाँबाट तीन सय घन मिटर बालुवा, बनगैबाट एक सय ३८ घन मिटर बालुवा, सोही ठाउँबाटै एक सय आठ घन मिटर गरी एक हजार सात सय एक घन मिटर बालुवा बरामद गरिएको छ । लमही नगरपालिका–६ मध्यनगर अर्जुनखोला घाटबाट दुईवटा ट्याक्टर, आठको गिधनियाँ घाटबाट दुईवटा ट्याक्टर, वडा नं. २ को घाटबाट एउटा गरी पाँचवटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । त्यस्तै अवैधरुपमा थुपारेको बालुवा ढुवानी गर्न आएको एउटा टिप्परलाई पनि टोलीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij